Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

अख्तियार/पक्राउ

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्लाहीका उपसचिवद्वय वासुदेव तिमिल्सिना र रामहरि रिजालसहित ४ जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार जनज्योति मावि लालबन्दी सर्लाहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने र सोही विद्यालयका प्रधानअध्यापक विष्णुबहादुर पोखरेल समेतले विद्यालयमा कोटा दरबन्दीमा शिक्षक नियुक्त गर्दा ४ लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको हो । उनीहरुलाई लालबन्दी नगरपालिका–७ स्थित नमस्ते होटलबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *