अमेरिका र उत्तर कोरियाबीच हुने शिखर वार्ताको तयारीमा दुवै देशका उच्च अधिकारी छलफलमा

172

अमेरिका र उत्तर कोरिया बीच हुने ऐतिहासिक शिखर सम्मेलनको तयारीका विषयमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग छलफल गर्न उत्तर कोरियाली नेता किम जोङ उनका दाहिने हात मानिने जिन किम योङ चोल न्युयोर्क पुग्नु भएको छ । चोल चीनको राजधानी बेइजिङ हुँदै अमेरिका आउनु भएको हो । विगत २० वर्षमा अमेरिकाको भ्रमण गर्ने विशिष्ट उत्तर कोरियालीमा उहाँ हुनुहुन्छ ।

छलफलका लागि उत्तर कोरियाली नेताका मुख्य व्यक्ति अमेरिकामा

१२ जुनमा निर्धारित शिखर सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गरेपछि अन्योलता छाएको थियो । तर पछि दुबै पक्षबाट भएको प्रयासले सम्मेलन पूर्व निर्धारित मितिमै गरिने भएको छ । सिंगापुरमा हुने शिखर बैठकमा पहिलोपटक अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता एकै ठाउँमा बस्दैछन् ।

अमेरिकी विदेशमन्त्री पोम्पियोले बिहीबार जिन किमसँग कुराकानी गर्ने बताउनु भएको छ ।।