अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच वार्ता

442

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन बीच आज ऐतिहासिक वार्ता हुँदैछ । स्थानीय समय अनुसार विहान ९ बजे वार्ता हुने बताइएको  छ । कोरियाली प्रायद्वीपमा तनाव अन्त्य गर्ने उद्देश्यका साथ हुन लागेको अभूतपूर्व शिखर बैठकका लागि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उन तयारी  अवस्थामा रहेका छन् ।

 कोरियाली प्रायद्वीपमा शान्ति स्थापित गर्न वार्ता महत्वपूर्ण हुने विश्वास

हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका छैनन् । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता शान्ति प्राप्तिका लागि एक पटकको अवसर भएको बताएका छन् ।

शिखर वार्ता सम्भव हुनुले गत वर्ष आरोपप्रत्यारोप र एकअर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई संकेत गरेको छ । शिखर बैठकले कोरियाली प्रायद्वीपलाई निसस्त्रीकरणतर्फ डोर्या उने आशा गरिएको छ ।।