अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पुनः वार्ता हुने सम्भावना

93

ट्रम्प/उत्तर कोरिया वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्ताको तयारीका लागि अमेरिकी टोलीले उत्तर कोरियाली अधिकारीहरुसँग छलफल गरेको छ । दुवै कोरियाका अधिकारीबीच पानमुन जोनमा भएको पछिल्लो वार्तासँगै फेरी ट्रम्प र कीमबीच वार्ता सम्भावना बढेपछि अमेरिकी टोलीले उत्तर कोरियाली अधिकारीहरुसँग वार्ता गर्न लागेका हुन् । ट्रम्प र किमबीच आउँदो जुन १२ मा हुने भनिएको वार्ता रद्द भइसकेको अवस्थालाई पुनः सम्हाल्न वार्तामा बस्न लागेका हुन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै पूर्व निर्धारित मिति जुन १२ मै सिंगापुरमा वार्ता हुने वा आवश्यक परे वार्ताको मिति सार्न सकिने बताउनु भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले अमेरिका विरुद्ध खुल्ला बदनाम गरेको भन्दै एकपक्षीय रुपमा सम्मेलन स्थगित गर्नुभएको थियो । वार्ताको तयारीका विषयमा दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ ।

दक्षिण कोरियाली विदेशमन्त्री काङ कियुङ र अमेरिकी विदेशमन्त्री माइक पोम्पियो बीच शुक्रबार बिहान फोनवार्ता भएको हो ।।