Monday, June 26सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

अर्थमन्त्री/एडिबी

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेका जानकारी दिँदै कृषि, पर्यटन, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन र उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको छ ।

एसियाली विकास बैक सञ्चालक समितिको ५०औँ बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुग्ने प्रक्षेपण सुनाउनुभयो ।

भूकम्पपछिको पुनःनिर्माणले गति लिएको र त्यससम्बन्धी सबै काम समयमा नै पूरा हुने जानकारी दिँदै मन्त्री महराले नेपालको सामाजिक एवम् आर्थिक विकासमा एडिबीबाट निरन्तर प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

एसिया–प्रशान्त क्षेत्रको द्रुत आर्थिक विकासका लागि एडिबीले थप सहायता गर्नुपर्नेमा जोड दिँदै उहाँले दिगो समावेशी आर्थिक विकासमा एडिबीले निर्वाह गरेको भूमिका प्रभावकारी रहेको बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *