अर्थमन्त्रीद्वारा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन

245
अर्थमन्त्री बजेट

सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नु भएको बजेटमा चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख र पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख विनियोजन गरिएको छ ।

अर्थमन्त्री बजेट

बजेट कार्यान्वयनबाट ८ प्रतिशत आर्थिक वृद्धिदर कायम हुने र बजेट कार्यान्वयनबाट ५ लाख जनाले रोजगारी पाउने तथा मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने अर्थमन्त्री खतिवडाले बताउनु भयो । 

मौलिक हक कार्यन्वनका लागि साधन स्रोत र क्षेमताको विकास एवम् उच्तम उपभोग गरि दुत आर्थिक तथा मानवीय विकास गर्दै समुन्नत सुदुढ  स्वाधिन र समाजबाद उन्मुख अर्थतन्त्र निर्माण बजेटको उदेश्य रहेको छ । सोही उदेश्यकार्यन्वका लागि बजेटले भौतिक पूर्वाधारको विकास, ऊर्जा, सिंचाई कृषी, स्वास्थय, आधुनिकरण र रोजगारी सृजनाका पुन निर्माण समाजिक क्षेत्रको गुणस्तर अभिवृद्धिलाई बजेटमा मुख्य प्राथमिकता दिइएको छ ।।