Saturday, August 19

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा दायर/१० अर्बभन्दा बढी भ्रष्टाचार गरेको आरोप ।

चूडामणि/मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध १० अर्ब २ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ । कर निर्धारण गर्दा अनियमितता गरेको आरोपमा आयोगले महानिर्देशक शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब दुई करोड १९ लाख एक हजार ८४२ रूपैयाँ बिगोसहितको हिजो मुद्दा दायर गरेको हो । 

आयोगले कारवाही अघि बढाएकामध्ये यो हालसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार सम्बन्धी मुद्दा हो । शर्मालाई आयोगले हिरासतमा राखेर अनुसन्धान गरिरहेको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *