आर्मि र सशस्त्र प्रधानमन्त्री कप एक दिवसिय क्रिकेटको सेमिफाइनल प्रवेश

848
एकदिवशीय क्रिकेट

प्रधानमन्त्री कप एक दिवशिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो भएका खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भए । किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा आर्मिले सशस्त्र प्रहरीको टिमलाइ ७० रनको फराकिलो अन्तरले पराजित गर्यो । यो जितसंगै आर्मि समुह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने सशस्त्र प्रहरी पराजयको बावजुद समुह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिस र प्रदेश ५ वीच आज हुने खेलले सेमिफाइनल समिकरण टुङ्गो लाग्ने

यता काठमाण्डौंको मुलपानिमा भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर ३ लाइ ६ विकेटले पराजित गर्यो । यो जितसंगै पुलिस ३ खेलबाट ५ अंक ल्याइ समुह बि को शिर्ष स्थानमा उक्लिएको छ । समुह बि मा प्रदेश ५ र प्रदेश ७ को ३ खेलबाट समान ५ अंक भए पनि नेट रन रेटको आधारमा प्रदेश ५ दोस्रो तथा प्रदेश ७ तेस्रो स्थानमा छन ।

पुलिस र प्रदेश ५ वीच आज हुने खेलले समुह बि बाट सेमिफाइनलमा पुग्ने टिमको टुङ्गो लाग्ने छ ।।