इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा यूट्यूबलाई प्रतिबन्ध

127
egypt youtube banned

इजिप्ट/युट्युब प्रतिबन्ध

इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

अदालतको निर्णय अन्तिम भएको भन्दै यस माथि पुनरावेदन नहुने बताइएको छ । मोहम्मद हमिद सालेम नाम गरेका एक अधिवक्ताले यूट्यूबले निजी लगानीमा क्यालिफोर्नियामा निर्मित १३ मिनेट लामो भिडियोमार्फत सन् २०१२ मा इजिप्ट र अन्य इस्लामिक राष्ट्रहरूमा अमेरिका विरोधी तरङ्ग सिर्जना गरेको भन्दै त्यस विरुद्ध आरोप दर्ता गर्नुभएको थियो । अधिवक्ता सालेमले सबै प्रशारण माध्यम तथा लिङ्कहरू मार्फत् सो फिल्मलाई प्रशारण गरेकाले तिनीहरूलाई पनि कारवाही स्वरूप अवरुद्ध गर्नुपर्ने जिकिर गर्नुभएको छ ।।