उत्तर कोरियासंग सिंगापुरमा शिखर वार्ता हुने अमेरिकी राष्ट्रपतिको घोषणा

606
अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसंगको शिखर वार्ता हुने घोषणा गर्नु भएको छ । उत्तर कोरियाली नेता किमका बिशेष दूत जनरल किम योङ चोलसंग ह्वाइट हाउसमा भएको वार्तामा राष्ट्रपति ट्रम्पले यही जुन १२ तारिखका लागि सिंगापुरमा तय गरिएको वार्ता हुने बताउनु भएको हो ।

कोरियाली प्रायद्वीपको तनाव अन्त्य गर्न औपचारिक प्रस्ताव टेवुल गरिने जानकारी

भेटमा जनरल किमले राष्ट्रपति ट्रम्पलाइ उत्तर कोरियाली नेता किमको पत्र हस्तान्तरण गर्नुभयो । ट्रम्पले नेता किमको पत्र हेरपछि रोचक रहेको पहिलो प्रतिकृया दिनुभयो ।

तर पत्र पुरै पढेपछि ट्रम्पले किम अझैपनि राम्रोसंग खुल्न नसकेको प्रतिकृया दिनुभएको छ । ट्रम्पले सिंगापुरको शिखर सम्मेलनमा कोरियाली प्रायद्वीपको तनाव अन्त्यका लागि औपचारिक प्रस्ताव टेवुल गरिने जानकारी पनि दिनुभयो ।।