एसइई परीक्षाको नतिजा असारको दोस्रो साता मात्रै प्रकाशित गर्ने तयारी

46
एसइइ नतिजा/असारमा

कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा आउन यो वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

उत्तर पुस्तिका आउने क्रम अझै जारी

जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको अभाव र उत्तर पुस्तिका आउने क्रम अझै जारी रहेकाले नतिजा प्रकाशनमा केही ढिलाइ हुने उहाँको भनाइ छ । गत चैत ८ गतेबाट शुरु भएको एसइइ परीक्षा १७ गते सम्पन्न भएको थियो ।।