Tuesday, July 25

औषधि लिमिटेड/उत्पादन सुरु

नेपाल औषधि लिमिटेडले आठ वर्षपछि पुनःऔषधि उत्पादन गर्न सुरु गरेको छ ।

उद्योगले हिजोबाट जीवनजलको उत्पादन सुरु गरेको हो । सरकारी स्वामित्वमा रहेको लिमिडेटलाई गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुनःसञ्चालनमा ल्याउने निर्णय गरेको थियो । उद्योगमन्त्री नवीन्द्रराज जोशीले हिजो आयोजित कार्यक्रममा सो उद्योगको पुनःसञ्चालनको उद्घाटन गर्नुभयो । विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस जिएमपी अनिवार्य गरेपछि सो उद्योग बन्द भएको थियो । उद्योगमन्त्री जोशीले जीवनजल र ज्वरो आउँदा प्रयोग गर्ने सिटामोल नपाएर धेरैले ज्यान गुमाउनुपरेको अवस्थामा पहिलो चरणमा जीवनजल उत्पादन सुरु गरिएको बताउनुभयो । लिमिटेडले चाँडै निःशुल्क उपलब्ध गराउँदै आएका ७० प्रकारका औषधिलगायत अन्य औषधि समेत उत्पादन गर्ने उहाँले बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *