कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराती ब्यापक हावाहुरी

47
कञ्चनपुर/हावाहुरी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले व्यापक क्षति पुर्‍याएको छ । गएराति आएको हावाहुरीले तीन सयभन्दा बढी घरमा क्षति पुगेको हो । काठको कच्ची घरमा लगाइएका टायल उडाएर हावाहुरीले क्षति गरेको छ ।

तीन सयभन्दा बढी घरमा क्षति

आधा दर्जनभन्दा बढी घरमा हावाहुरीले रूख ढाल्दा परिवार नै विस्थापनमा परेका छन् । वडा नं १ का तीन स्थानीयवासीको घरमा रूख ढल्दा पूरै घर भत्केर क्षति भएको छ भने वडा नं २ का ६० भन्दा बढी घरका छानामा रहेका टायल हावाहुरीले उडाएको छ ।

वडा नं ३ का ४० भन्दा बढी घर र होमस्टे सञ्चालनका लागि बनाएका दुई घरमा क्षति गरेको छ । वडा नं १२ का सामुदायिक र निजी गरी दुई विद्यालय भवनमा जस्तापाता उडाएको र ७० भन्दा बढी घरका छानाको टायल उडाएर फुटाएको छ ।।