Thursday, August 17

काठमाडौ/मतगणना अपडेट

काठमाडौ महानगरपालिकाको जारी गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले १०४१७ मत र नेपाली कांग्रेसका राजुराज जोशीले ६८८५ मत प्राप्त गर्नुभएको छ । यसैगरी माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले ११२३ मत प्राप्त गर्नुभएको छ भने विवेकशील दलको प्रतिनिधित्व गर्ने रन्जु दर्शनाले ४०५३ मत र साझा पार्टीको प्रतिनिधित्व गर्ने स्वतन्त्र उम्मेदवार किशोर थापाले ३२२८ मत प्राप्त गर्नुभएको छ ।  त्यसैगरी उपप्रमुखतर्फ नेपाली कांग्रेसका हरिप्रभा खड्गीले ९१७६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ५६२९ मत, माओवादी केन्द्रकी सुशील पौडेलले १४९१ मत र साझा पार्टीकी निरुपमा यादवले १९५३ मत प्राप्त गर्नुभएको छ ।।

ललितपुर/मतगणना अपडेट

त्यसैगरी ललितपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका चिरीबाबु महर्जनले ११ हजार ७३१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ३३६ मत प्राप्त गर्नुभएको छ ।।

पोखरा लेखनाथ/मतगणना अपडेट

यसैगरी पोखरा-लेखनाथ महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा नेकपा एमालेका मानबहादुर जीसीले १४ हजार ४०८ र नेपाली कांग्रेसका रामजी कुँवरले १४ हजार ३२५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखतर्फ नेकपा एमालेकी मञ्जु गुरुङले १३ हजार ५६२ र नेपाली कांग्रेसकी सरस्वती गुरुङले १३ हजार १२९ मत मत प्राप्त गर्नुभएको छ ।।

चितवन-भरतपुर/मतगणना अपडेट

चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणना जारी छ । प्राप्त पछिल्लो जानकारी अनुसार प्रमुख पदमा नेकपा एमालेका देवी ज्ञवालीले १२ हजार ३०६ मत र नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ११ हजार ७७७ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरपालिकाकै उपप्रमुख पदमा नेकपा एमालेका दिब्य शर्माले १० हजार ५२० मत र नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले १३ हजार ६८० मत प्राप्त गर्नुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *