ग्वाटेमालामा फेरी अर्को नयाँ ज्वालामुखी बिस्फोट

797
ज्वालामुखी बिस्फोट

ग्वाटेमालामा फेरी अर्को ज्वालामुखी बिस्फोट भएको छ । चार दिनअघि फ्युगो ज्वालामुखी बिस्फोट भएकै क्षेत्रमा नयाँ बिस्फोट भएको हो । नयाँ बिस्फोट भएको क्षेत्रबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

स्थानीयलाई सुरक्षित स्थानमा सारिदै/ करिब १७ लाख मानिस प्रभावित

नयाँ बिस्फोटले यसअघिको विस्फोटको लाभालाई मानवीय बस्तीतिर धकेलेको समाचार छ । यसअघि भएको बिस्फोटमा हालसम्म ७२ जनाको मृत्यु भएको छ । केही मानिस अझै हराईरहेका छन् । ज्वालामुखी बिस्फोटबाट करिब १७ लाख मानिस प्रभावित भएका छन् ।

ज्वालामुखी बिस्फोटको धुवाँ आकाशमा ३३ हजार फिट उचाईसम्म जानसक्ने बताइएको छ । ज्वालामुखी बिस्फोटमा परी हराईरहेकाहरुको खोजी पनि जारी राखिएको छ ।।