Thursday, August 17

चीनले दक्षिण कोरियामा आफ्नो देशविरुद्ध जासुसी हुनसक्ने भन्दै विरोध

चीनले दक्षिण कोरियामा तैनाथ गरिएका अमेरिकी थाड क्षेप्यास्त्रबाट आफ्नो देश विरुद्ध जासुसी हुनसक्ने भन्दै विरोध जनाएको छ । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जे इन सगँको पहिलो टेलिफोन वार्तामा चीनका राष्ट्रपति सी जिन पिङले क्षेप्यास्त्र सुरक्षण प्रणालीप्रति चीनको असन्तोष रहेको बताउनुभएको थियो । कोरिया प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने र तनाव कम गराउने कुरा चीन र दक्षिण कोरियाको साझा विजय भएको दुवै राष्ट्रपतिहरुले उल्लेख गर्नुभएको चीनिया अधिकारीहरुले बताएका छन् । उदारवादी खेमाका मुन जाय इन् दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित भएपछि उत्तर र दक्षिण कोरियाबीच सम्बन्ध सुदृढ हुनसक्ने पर्यवेक्षकहरुले अनुमान गरेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *