जी सेभेनका सदस्य राष्ट्रहरुको सम्मेलन क्यानडामा

437
ट्रम्प/जी सेभेन

क्यानडामा हुन लागको जि ७ सम्मेलनमा भाग लिन भेला भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जी सेभेन राष्ट्रका नेताहरु बिचको विवाद थप चर्किएको छ । सम्मेलनमा भाग लिनका लागि क्यानडा पुगेका राष्ट्रपति ट्रम्पले रुसलाइ पुन जि सेभेन समुहमा भित्राइनुपर्ने बताएपछि राष्ट्रपति ट्रम्प र जि सेभेन नेताहरु बिचको विवाद बढेको हो ।

रुसलाई पुन सदस्यता दिने या नदिने बिषयमा सदस्य राष्ट्रहरुबीच विवाद

ट्रम्पले रुसलाइ पुन सो समुहमा भित्राउनुपर्ने बताएका हुन् । तर जर्मन चान्सलर एन्जेला मार्केलले भने इयुका सबै सदस्यहरु यसको विपक्षमा भएको जनाउनुभएको छ । जी सेभेनका सदस्य राष्ट्रहरूमा अमेरिका, ब्रिटेन, फ्रान्स, जापान, क्यानडा, इटली र जर्मनी रहेका छन् । युक्रेनको क्रिमियालाइ गाभेपछि रुसलाइ सो समुहबाट निष्कासन गरिएको थियो ।

अमेरिकाले स्टिल र आल्मुनियममा लगाएको करका कारण निम्तिएको व्यापार युद्धका कारण यसपटकको जि सेभेन सम्मेलन तनावपुर्ण हुने देखिएको बिबिसिले उल्लेख गरेको छ ।।