डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका ३ जनाको शनिबार लेक लागेर मृत्यु

137
जाजरकोट/यार्सा संकलन मृत्यु

जाजरकोट/यार्सा संकलन मृत्यु

डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका ३ जनाको शनिबार लेक लागेर मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका लिकुका नारायणप्रसाद पहाडी, जाजरकोट नलगाड खगेनकोटका भद्रबहादुर चनारा र काइके गाउँपालिकाको सुन्दरे शेर्पा आधारभूत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर राना झाँक्रीको ठाँगे पाटनतर्फ जाँदै गरेको बेला लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, धो ताक्सी पाटनमा लेक लागेर सिकिस्त बिरामी परेका रुकुम आठबीसकोट नगरपालिकाका हरिबहादुर शाहीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।।