तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरुको म्याद थप नगरिने

42
धादिङ ठेकेदार लापर्वाही

तोकिएको समयमा काम सम्पन्न नगर्ने र निर्माण कार्यमा लापर्वाही गर्ने ठेकेदारहरुको म्याद थप नगरिने धादिङका जिल्ला समन्वय समितिले निर्णय गरेको छ ।

जिल्लाको उत्तरी क्षेत्र जोड्ने सडकहरु निर्माणका क्रममा गुणस्तरहिन सामग्री प्रयोग र अनावश्यक ढिलाइ गरेको स्थानीयको गुनासोपछि जिल्ला समन्वय समितिले सो निर्णय गरेको हो ।

धादिङलाई गोर्खाको उत्तरी क्षेत्रसंग जोड्ने धादिङबेसी –सल्यानटार सडक निर्माणमा भईरहेको ढिलाईपछि स्थानीयहरुको गुनासोलाइ सुनुवाइ गर्दै जिल्ला समन्वय समितिले सो कदम चालिएको हो ।

सडक निर्माणमा भएको ढिलाईका कारण सर्वाजनीक यातायातका साधनहरु चल्न नसकेपछि उत्तरी धादिङ र गोर्खाका स्थानीयहरु समस्यामा पर्दै आएका छन् ।

हालसम्म ७५ प्रतिशत निर्माण कार्य सम्पन्न हुनुपर्ने सो योजनाको करिब ३१ प्रतिशत मात्र काम भएको सडक आयोजनाले जनाएको छ । २४ महिनामा सडकको स्तरोउन्नती सहित कालोपत्रे गर्नेगरी लामा कन्ट्रक्सन प्रालिले कामको जिम्मा लिएको थियो ।।