Thursday, August 17

दक्षिण कोरिया/निर्वाचन

दक्षिण कोरियामा नयाँ राष्ट्रपतिको निर्वाचनको लागि मतदान शुरु भएको छ । राष्ट्रपति पार्क गेउन ही माथि भ्रष्टाचारको आरोप लागेर उहाँलाई महाअभियोग लगाइ पदमुक्त गरिएपछि नयाँ राष्ट्रपति चुन्न लागिएको हो । चुनावमा दक्षिणपन्थी झुकाव भएका मुन जे इन र मध्यमार्गी आन चिओल सु बीच तीब्र प्रतिस्पर्धा छ । उत्तर र दक्षिण कोरियाबीच तनाव बढिरहा बेला दक्षिण कोरियामा चुनाव भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।

द्वार मुन उत्तर कोरियासँग सम्बन्ध सुधार्ने पक्षमा हुनुहुन्छ । भुतपूर्व राष्ट्रपति पार्कले उत्तर कोरियासँग सम्पूर्ण सम्बन्ध विच्छेद गर्नुभएको थियो । सन् २०१२ मा भएको चुनावमा मुन पार्कसँग धेरै मत अन्तरले पराजित हुनु भएको थियो । कोरिया प्रायद्धिप तनावको अतिरिक्त बढ्दो बेरोजगारी र आर्थिक सम्वृद्धि मुख्य चुनावी मुद्दा रहेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *