दाङको शान्तिनगर गाउँपालीका वडा नम्बर ३ र ४ मा झाडा पखालाबाट संक्रमित हुनेको सँख्या १ हजार नाघेको छ

65
दाङ/झाडापखाला

दाङ/झाडापखाला 

दाङको शान्तिनगर गाउँपालीका वडा नम्बर ३ र ४ मा दुषित पानीका कारण फैलिएको झाडा पखालाबाट संक्रमित हुनेको सँख्या १ हजार नाघेको छ । १ हजार भन्दा बढि झाडापखालाका बिरामी उपचारका लागी आएको शान्तीनगर स्वास्थ्य चौकीले जनाएको छ । २० जना बिरामीको अञ्चल अस्पताल तुलसिपुरमा उपचार भैरहेको र केहीलाई नेपालगञ्ज पठाइएको छ ।

झाडापखालाका बिरामी बढदै गएपछि अञ्चल अस्पताल र राप्ती उपक्षेत्रिय अस्पतालबाट थप चिकित्सकहरु शान्तीनगर स्वास्थ्य चौकी पुगेका छन् । प्रभावित क्षेत्रमा अहिले सफा पानी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।।