Saturday, August 19

दिगो आर्थीक बृद्धिका लागि सरकार र नीजि क्षेत्रबीच सहकार्य आवश्यक रहेको प्रधानमन्त्रीको भनाई/ लगानी बढाउन सहयोग गर्ने प्रतिबद्धता ।

प्रम/उद्योगी व्यवसायी

प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो आर्थीक बृद्धिका लागि सरकार र नीजि क्षेत्रको सहकार्य आवश्यक भएको बताउनु भएको छ । काठमाण्डौंमा आजबाट सुरु भएको दोस्रो राष्ट्रिय व्यावसायिक पहल सम्मेलन उद्घाटन गर्नुहुदै प्रधानमन्त्री देउवाले आर्थीक बिकासका लागि स्वदेशी तथा विदेशी लगानी बढाउने सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो । आर्थीक बृद्धीमात्र नभई स्वच्छ अर्थतन्त्र मुलुकको आवश्यकता भएको भन्दै प्रधानमन्त्रीले सामाजिक उत्तरदायित्व एवं पेशागत जिम्मेवारी बहन गर्ने व्यावसायीक क्षेत्र सरकारको अपेक्षा भएको बताउनुभयो । विद्यमान प्रशासनिक एवं कानुनी झन्झटहरु हटाई लगानीका लागि आवश्यक सबै किसिमका सहयोग गर्न सरकार तयार रहेको पनि उहाँले बताउनुभयो ।

सम्मेलनमा नेपालमा लगानी गरिरहेका विभिन्न स्वदेशी तथा विदेशी लगानीकर्ता र व्यवसायीहरुको सहभागिता रहेको छ । दुईदिने सो सम्मेलनमा उद्योग, व्यापार-व्यवसाय सहित स्वास्थ्य, शिक्षा, सञ्चार, बैङ्किङ तथा हवाई क्षेत्रमा लगानी गरिरहेका नीजि व्यवसायीहरु सहभागि छन् । सम्मेलनले जिम्मेवार व्यवसाय संचालनका लागि सरोकारवालहरु बीच छलफल गरि मार्गचित्र तयार गर्नेछ ।

नेपालका १४ वटा प्रमुख उद्योग प्रतिष्ठान र लगानीकर्ताहरुको सक्रियतामा सन् २००५ मा नेपाल बिजनेश ईनिसियटिभ्स (NBI) को स्थापना भएको थियो । संस्थाले सामाजिक उत्तरदायित्व सहितको व्यावसायिक क्षेत्र निर्माणमा काम गरिरहेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *