Friday, June 23सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

दोलखा/मेलुङ गाविस पुननिर्वाचन

दोलखाको मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा स्थगित भएको निर्वाचन जेठ ७ गते आईतबार हुने भएको छ । बैशाख ३१ गते स्थानीय तह निर्वाचनको दिन प्रहरीले चलाएको गोली लागेर स्थानीय ३५ बर्षिय नक्कुल भजुलेको मृत्यु भएपछि सो स्थानमा मतदान स्थगित भएको थियो । क, ख, ग र घ गरी चार वटा मतदान स्थल रहेको सत्यस्वर मावि पवटि मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउने तयारी भएको निर्वाचन आयोगले जनाएको छ । पवटिको निर्वाचन स्थगित भएका कारण मेलुङ गाउँपालिकाको अन्य वडाहरुको समेत अहिले सम्म मतगणना हुन सकेको छैन । स्थानीय प्रसाशनले पवटिमा गोली लागेर मृत्यु भएका भुजेललाई सरकारले सहिद घोषणा गरी १० लाख क्षेतिपूर्ति दिने र उनका छोराछोरीलाई निशुल्क पठनपाठन गराउने जानकारी गराए पछि मृतकका परिवार शव बुझ्न तयार भएको बताईएको छ ।।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *