Monday, June 26सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

धादिङ/खानेपानी समस्या

भुकम्प पश्चात खानेपानीको समस्या भोग्दै आएका उत्तरी धादिङको रुविभ्याली गाँउपालीका स्थित लापाका स्थानीयहरु अब भने सो समस्याबाट मुक्त भएका छन् ।भुकम्प पश्चात पिउने पानीको ट्याङ्की भत्कीनुका साथै गाँउमा भएका सबैजसो धाराहरु भत्कीएपछी त्यहाँका स्थानीयहरुले लामो समयदेखी पिउने पानीको समस्या भेग्दै आएका थिए ।गाउँमा एकलाख लिटरको पिउने पानी जम्मा गर्ने ट्याङ्की निर्माण गरी गाँउका सबै जासो टोलमा धारा निर्माण भएपछी उनीहरु पिउने पानीको समस्याबाट मुक्त भएका हुन् ।

भुकम्प पश्चात कतिपय स्थानहरुमा मुल समेत सुक्दै गएकोमा गाँउलाई सहज हुने उपयुक्त स्थानहरुमा पानीको मुहान खोजी गाँउ-गाँउमा पिउने पानीको सुविधाका लागी पाईप राख्ने काम भई रहेको समेत उत्तरी धादिङका स्थानीयको भनाई छ । लापाका करिव २ सय घरका लागी शुद्ध पिउने पानीको उचित व्यबस्था भएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *