Saturday, August 19

धादिङ जिल्लाका दुर्गम स्थानहरुमा पशु सेवा केन्द्रहरु नहुँदा पशुपालक किसानहरुलाई समस्या

धादिङ्ग/पशुपालन समस्या

धादिङ जिल्लाका दुर्गम स्थानहरुमा पशु सेवा केन्द्रहरु नहुँदा पशुपालक किसानहरुलाई समस्या परेको छ ।

पशुपालनलाई मुख्य पेसा बनाएका धादिङको ग्रामिण क्षेत्रका पशुपपालक किसानहरु पशु चौपायहरुलाइ सामान्य रोग लाग्दा समेत  सदरमुकाम धादिङसम्म धाउनु पर्ने बाध्यता भएकोले आफूहरुलाई असहज भएको बताउँछन् । दुर्गम स्थानमा पशु सेवा केन्द्रहरू नहुनु र भएका पशु सेवा केन्द्रमा पनि कर्मचारिहरु नवस्ने गरेकाले यस्तो समस्या आएको उनीहरूको भनाइ छ।

धादिङ्गका सेर्तुङ्ग,तिप्लीङ्ग झालाङ्ग लगाएतका दुर्गम बस्तीहरूमा प्रसस्त पशुपालन हुन्छ। पशु चौपायहरु सामान्य रोगको समेत उपचार नपाएर मर्ने गरेकाले आफूहरूले

ठुलो हानी बेहोर्नु परेको उनिहरुको भनाई छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *