Saturday, August 19

निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न संसदको सार्वजनिक लेखा समितिद्वारा अर्थ मन्त्रालयलाई निर्देशन ।

लेखा समिति/बैठक

निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न व्यवस्थापिका-संसदको सार्वजनिक लेखा समितिले अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । समितिको हिजोको बैठकले ठूला करदाता कार्यालयले असार १३ गते एनसेलको लाभकर ६० अर्ब ७१ करोड निर्धारण गरेकाले सो रकम तत्काल असुल गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको हो ।

साथै एनसेल कतिपटक बिक्री वितरण र शेयर हस्तान्तरण भयो, के कति मूल्यमा कारोबार भयो र गरियो भन्नेबारेमा पनि सत्य तथ्य जानकारी उपलब्ध गराउन लेखा समितिले अर्थमन्त्रालय र ठूला करदाता कार्यालयलाई निर्देशन दिएको समितका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

लाभकर निर्धारण भए पनि नउठाउने र फेरि पनि छुट दिने प्रवृत्ति हावी हुन सक्ने भन्दै समितिले कर ऐनअनुसार ३५ दिनभित्रै रकम असुल गर्न निर्देश गरेको बताइएको छ । लेखा समितिको बैठकमा सांसदहरुले कर निर्धारण गरेर पनि पुनः नउठ्ने र फेरि पनि लापर्बाही हुने हो कि भन्दै आशंका व्यक्त गर्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *