Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

निर्वाचनको बेला शेयर बजारमा सामान्य वृद्धि ।

हिजो नेप्से सूचक शुन्य दशमलव ६५ विन्दुले बढेर १६५९ दशमलव २३ विन्दुमा पुगेको छ । यसदिन १३९ कम्पनीको ६७ करोड ५५ लाख बराबरको कारोबार भयो । विकास बैंक, हाइड्रोपावर र अन्यबाहेक बाँकी सबै उपसमूह सकारात्मक भएका छन् । नेपाल टेलिकम र जलविद्युत तथा लगानी कम्पनीको वर्चस्व रहेको अन्य समूह सबैभन्दा धेरै ११.५७ अंकले तल झरेको छ । उत्पादनमूलक समूहको सूचक २५.३ अंकले बढेको छ । पुँजी बजारमा वर्चस्व राख्ने वाणिज्य बैंक समूहको सूचक २.६४ अंकले माथितिर लागेको छ । बिमा सूचक पनि ८.६५ अंकले माथि लागेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *