Saturday, August 19

निर्वाचनमा राजपा सहभागि हुन तयार / ठाकुर

पर्सा/महन्थ ठाकुर कार्यक्रम

राष्ट्रिय जनता पार्टी नेपाल राजपाका नेता महन्थ ठाकुरले मधेसवादी दलहरुसंग सरकारले गरेको तीन बुँदे सहमती कार्यन्वयन भएमा स्थानिय तहको निर्वाचनमा राजपा सहभागि हुन तयार रहेको बताउनु भएको छ ।
राजपा पर्साले विश्रामपुरमा आयोजना गरेको कार्यक्रममा नेता ठाकुरले संविधान संशोधनमा समस्या भएकाले अन्य दुई वटा सहमतिलाई सरकारले पुरा गरे निर्वाचनमा सहभागि हुने बताउनुभएको हो ।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने र मधेसमा भएका आन्दोलनको क्रममा निधन भएका नागरिकलाई शहिद घोषणा गरी घाइतेलाई उपचार गर्ने र मुद्दा फिर्ता लिने काम सरकारले गर्नुपर्ने उहाँको भनाइ छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *