Thursday, August 17

नेकपा एमालेले ९० र नेपाली कांग्रेसले ८१ स्थानमा विजय ll

बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त २१९ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ९० र नेपाली कांग्रेसले ८१ स्थानमा विजय प्राप्त गरेका छन । त्यसैगरी माओवादी केन्द्रले ४२ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । pause

धादिङको रुवीभ्याली गाउँपालिकाको अध्यक्षमा राप्रपाले विजय प्राप्त गरेको छ भने रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा नयाँशक्ति नेपालले जितेको छ । यसैगरी राष्ट्रिय जनमोर्चा बागलुङको वरेङ गाउँपालिको अध्यक्षमा विजयी भएको छ ।  पछिल्लो नतिजा अनुसार काभ्रेको बनेपा नगरपालिकामा एमालेका लक्ष्मी नरसिंह बादे श्रेष्ठ विजयी हुनुभएको छ । काभ्रेकै पाँचखाल नगरपालिकामा नेपाली कांग्रेसका महेश खरेल विजयी हुनुभएको छ । काभ्रेकै चौरी देउराली गाउँपालिकामा माओवादी केन्द्रका दिनानाथ गौतम विजयी हुनुभएको छ । सल्यानको कुमाखमाली गाउँपालिकामा माओवादी केन्द्रका दिलमाया बिएम विजयी हुनुभएको छ । त्यसैगरी नवलपरासीको कावासोती नगरपालिकामा चन्द्रकुमारी पुन विजयी हुनुभएको छ । स्याङ्गजाको पुतलीबजार नगरपालिकामा एमालेका सिमा क्षेत्री विजयी हुनुभएको छ । नुवाकोटको विदुर नगरपालिकामा एमालेका सन्जु पण्डित विजयी हुनुभएको छ । चितवनको माडी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल बिजयी हुनुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *