Friday, June 23सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

नेपाली काँग्रेस/मधेशवादी बैठक

संबिधान संसोधनमार्फत दोश्रो चरणको निर्वाचनको वातावरण बनाउन राष्ट्रिय जनता पार्टी नेपालले नेपाली काग्रेससंग आग्रह गरेको छ ।

काग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काग्रेससंग आज भएको छलफलमा संबिधान संसोधन प्रस्ताव मार्फत तराईका जिल्लामा स्थनीय तहको सख्या बढाउन पनि जनता पार्टीले माग गरेको छ । बैठकपछि जनता पार्टीका नेता राजेन्द्र महत्तोले मधेशी मोर्चाले पहिलेदेखिनै राख्दै आएको संसोधन लगाएतका बिषयलाई छिटै टुङ्ग्याउन काग्रेस नेताहरुको ध्यानाकर्षण गराईको बताउनुभयो । काग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले जनता पार्टीले राख्दै आएको मागका बिषयमा छलफल भएको र यस बिषयमा अन्य दलसंग पनि छलफल गर्ने सहमति भएको जानकारी दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *