नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुई बुँदे सहमति

57

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपाल सहभागी हुने भएको छ ।

सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।।

 संघीय समाजबादी फोरम सरकारमा सहभागी हुने

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि फोरम नेपाल सरकारमा सहभागी हुन लागेको हो । सहमति पत्रमा संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा अघि सारिएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसंग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा सम्बोधन गरिने कुरा उल्लेख छ । सरकारद्वारा गर्न सकिने काम सरकारको नीति र कार्यक्रममा समावेश गरी आन्तरिक गृहकार्य पछि समाधान गरिने पनि सहमतिमा उल्लेख छ ।