Saturday, August 19

नेपाल टेलिभिजनलाइ जनभावना र संघीयताको मर्म अनुसार अगाडि बढाउनुपर्ने संचारमन्त्रीको जोड/संघीयता अनुसारको संरचना तयार गर्न निर्देशन ।

संचारमन्त्री / नेपाल टेलिभिजन

सुचाना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिभिजनको संघिय एवं प्रदेशिक संचरना तयार गर्न नेपाल टेलिभिजनका ब्यवस्थापकहरुलाइ निर्देशन दिनु भएको छ । नेपाल टेलिभिजनमा हिजो आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बस्नेतले जनताको भावना र संघियताको मर्म अनुशार संचरना तयार गरि कार्यन्वयनमा लैजान निर्देशन दिनु भएको हो । यसका लागि प्रविधि र जनशक्तिको समुचित प्रयोगमा ब्यवस्थापनले उच्च प्राथमिकता दिनुपर्ने मन्त्री बस्नेतले बताउनु भयो ।

कार्यक्रममा आम संचार नीति उच्च स्तरीय सुझाब समितिका अध्यक्ष काशीराज दाहालले नेपाल टेलिभिजनलाइ मिक्स मोडल मार्फत सार्वजानिक प्रसारण सेवामा रुपान्तरण गर्न आश्यक रहेको बताउनुभयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहालले आफुहरुले छोटो समयमा नेपाल टेलिभिजनका लागि उल्लेख्य कामहरु गरेको बताउनुभयो ।

कार्यक्रममा संस्थनका महाप्रवन्धक गोविन्द रोक्काले संचार मन्त्रीको कार्ययोजना कार्यन्वयनका लागि नेपाल टेलिभिजनको उच्च ब्यवस्थापक सधै प्रतिवद्ध रहेको बताउनुभयो ।

नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोविन्द धितालले नेपाल टेलिभिजन भित्र पुन संरचनाको आवश्यक्ता औलाउदै संघियताको मर्म अनुशार अगाडी बढ्न ब्यवस्थापकलाइ आग्रह गर्नु भयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *