नेपाल पुलिस, आर्मि, सशस्त्र र प्रदेश ५ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

1084
प्रम कप क्रिकेट

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र प्रदेश नं ५ ले सेमिफाइनलमा स्थान बनाएका छन् ।

सेमिफाइनल खेल भोलिबाट सुरु हुने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हिजो भएको खेलमा पुलिस प्रदेश ५ लाई ७ विकेटले पराजित गर्दै समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा हार व्यहोरे तापनि प्रदेश ५ सेमिफाइनलमा पुगेको छ ।

पहिलो सेमीफाइनल खेल त्रिभुवन आर्मि क्लब र प्रदेश ५ वीच भोलि हुने छ भने दोस्रो सेमिफाइन खेल पुलिस र सशस्त्र प्रहरिको टिमवीच पर्सी शनिबार हुने छ ।।