Saturday, August 19

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गरेको छ ।

पेट्रोलियम डिलर्स/पत्रकार

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गरेको छ । काठमाण्डौमा हिजो आयोजित पत्रकार सम्मेलनमा एशोसियशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले मागको सुनुवाइ नभए आगामी साउन ३१ गतेदेखि पेट्रोलियम पदार्थको कारोबार बन्द गर्ने बताउनुभयो ।

व्यवसायीले चार हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ८५ लिटर प्राविधिक नोक्सानी हुने र त्यस्तो नोक्सानीको भरपाई निगमले गर्नुपर्ने माग गरेका छन् । हाल निगमले चार हजार लिटरमा ३५ लिटर क्षतिपूर्ति स्वरुप उपलब्ध गराउदै आएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *