Wednesday, May 24सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

नेपाल र चीनबीच वान वेल्ट वान रोड समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच वान वेल्ट वान रोड निर्माण सम्बन्धी सहयोग समझदारी पत्रमा हस्ताक्षर भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र मन्त्रालयमा सो सम्झौता भएको हो । सम्झौतामा नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र चीनको तर्फबाट नेपालस्थित राजदूत यु होङले हस्ताक्षर गर्नुभएको छ । सो समझदारी पत्रमा आपसी हितसँग जोडिएका आर्थिक, वातावरणीय, प्रविधिक र साँस्कृतिक पक्ष समावेश छन् । वान वेल्ट वान रोड कार्यक्रममा नेपाल र चीनबीच सडक सम्पर्क विकास र विस्तार गर्ने, व्यापारिक सम्बन्ध बढाउने र दुइ देशका नागरिकहरुबीचको आवागमनलाई सहज पार्दै आर्थिक सम्बन्धलाई सघन पार्ने कुरामा जोड दिइएको छ । यातायात र संचार सम्पर्क विस्तार गर्न सडक, रेल्वे, हवाई, सूचना प्रविधि विद्युत र संचार संजाल विकासमा दुई राष्ट्रहरु मिलेर अगाडि बढ्ने समझदारी पत्रमा उल्लेख छ । सन् २०१४ को डिसेम्बरमा भएको द्विपक्षीय सहयोग सम्झौतालाई कार्यरुपमा अगाडि बढाउने क्रममा वान वेल्ट वान रोड समझदारी भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *