Saturday, August 19

नेपाल र बंगलादेशबीच भएको अन्डर ट्वेन्टी थ्री मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी/बंगलादेश ० का विरुद्ध १ गोलले पराजित ।

नेपाल-बंगलादेश फुटबल

नेपालको युवा टोलीले बंगलादेशलाइ एक गोलले पराजित गरेको छ । दुइ देशमा युवा टोलीबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको हो ।

नेपाली युवा टोलीका कप्तान विमल घर्तीमगरले पहिलो हाफको २० औं मिनेटमा नेपालको लागि विजयी गोल गरेका थिए ।

विमलको सो गोल नेपाललाइ जिताउन पर्याप्त बन्यो । एएफसी अन्डर २३ छनौट खेलको तयारीमा रहेको दुवै टिम बीच मैत्रीपूर्ण खेल भएको हो ।

यो खेललाइ दुवै टिमले आत्मविश्वास बढाउन र टिममा भएका कमी कमजोरी सच्याउने अवसरको रुपमा उपयोग गरेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *