Saturday, August 19

नेपाल र भारतबीच लगानी र व्यापार वृद्धि गर्ने उपायका बारेमा पर्साको वीरगंजमा दुईपक्षीय छलफल भएको छ ।

पर्सा/नेपाल-भारत व्यापार

नेपाल र भारतबीच लगानी र व्यापार वृद्धि गर्ने उपायका बारेमा पर्साको वीरगंजमा दुईपक्षीय छलफल भएको छ । भारतको पश्चिम बंगाल, उत्तर प्रदेश र बिहारका उद्यमीहरु सहभागी सो बैठकमा नेपालका तर्फबाट उद्योगपति जगदीश अग्रवाल र ओमप्रकाश शर्मा लगायत सम्मिलित हुनुहुन्थ्यो । नेपाली पक्षले हाल नेपालमा लगानीमैत्री वातावरण रहेको जानकारी गराउनुभयो । भारतको बिहारबाट सहभागी हुन आउनुभएका नवलकिशोर चौधरीले दुवै पक्षलाई फाईदा पुग्ने क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

नेपाल र भारतबीच व्यापार घाटा बढ्दै गएकोले त्यसलाई घटाउने बिषयमा पनि छलफल भएको छ । नेपालमा विद्युत वितरण नियमित भएको, शान्ति कायम भएको र वैंक तथा वित्तीय संस्थाको पनि वृद्धि भएकोले वैदेशिक लगानीको सम्भावना बढेको नेपाली पक्षका सहभागीहरुको भनाई थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *