नेपाल स्टक एक्सचेञ्ज नेप्से हिजो करिब १४ अंकले वृद्धि

694
नेपाल स्टक एक्सचेञ्ज

नेपाल स्टक एक्सचेञ्ज नेप्से हिजो करिब १४ अंकले वृद्धि भएको छ । सरकारले कर फिर्ता लिएपछि आन्दोलनमा उत्रिएका लगानीकर्ताले हिजो १ बजेपछि कारोबार थालेका थिए । ढिला शुरु भएको बजार कारोबार शुरु भएदेखि नै बढ्न थालेको थियो । सूचकमा केही सुधार देखिए पनि कारोबार रकम भने २३ करोड ८९ लाख रुपैयाँ मात्रै भएको नेप्सेले जनाएको छ ।

आइतबारबाट आन्दोलनमा उत्रिएका लगानीकर्ता मन्त्रालयले कर फिर्ता लिएसँगै लगानीकर्ताले पनि आन्दोलन स्थगित गरेका छन् । सरकारले अकिंत मूल्यमै ७. ५ प्रतिशत पुँजीगत लाभकर लगाउन गरेको निर्णयको विरोधमा लगानीकर्ता र ब्रोकर कम्पनीले मंगलबार कारोबार नै बन्द गरेका थिए ।।