न्युरोडस्थित आर के ज्वेलर्सका २ वटा र आर के डायमण्डको एउटा पसलमा छापा

111
आर के ज्वेलर्स

३३ किलो सुन तस्करी सम्बन्धी छानविन समितिले अनुशन्धानका क्रममा न्युरोड विशालबजारस्थित आर के ज्वेलर्समा छापा मारेको छ । गत माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको ३३ किलो सुन खोजतलास गर्ने क्रममा छानविन समितिका संयोजक इश्वर राज पौडेलको नेतृत्वको टोलीले आर के ज्वेलर्समा छापा मारेको हो । समितिले छापा मारी आरके ज्वेलर्सको सम्पूर्ण सुन चाँदी र गरगहना नियन्त्रणमा लिएको छ ।

 ३ वटै पसलमा सिलबन्दी

आर के ज्वेलर्सको बिशाल बजारमा रहेको २ वटा पसल र दरवार मार्गमा रहेको आरके डायमण्डमा एकै पटक छापामारी सुन चाँदी र गरगहना नियन्त्रणमा लिइएको हो ।

३३ किलो सुन प्रकरणको अनुशन्धानकै क्रममा छापा मारीएको र थप अनुसन्धान भैरहेको छानविन समितिका संयोजक पौडेलले जानकारी दिनु भयो ।

आर के ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य गत चैत्र २९ गते नै पक्राउ परिसकेका छन् ।।