Saturday, August 19

प्रधानमन्त्रीले आगामी भदौ ७ गतेदेखि भारतको औपचारिक भ्रमण गर्नुहुने/ भ्रमणको कार्यसूचीमाथि छलफल भइरहेको परराष्ट्रमन्त्रीद्वारा जानकारी ।

परराष्ट्रमन्त्री/पत्रकार

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले हिजो प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीका बारेमा छलफल भइरहेको जानकारी दिनुभयो । उपप्रधानमन्त्री महराले दुई ठूला छिमेकी चीन र भारतबीचको सम्बन्ध शान्तिपूर्ण, कूटनीति र वार्ताका माध्यमले सुमधुर रहिरहोस् भन्ने नेपालको स्पष्ट नीति रहेको पनि बताउनुभयो ।

‘मौलिक, स्वतन्त्र र स्वाधीन नेपाली पराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्मान र राष्ट्रिय समृद्धिका लागि कूटनीति’ भन्ने नाराका साथ तत्कालीन कार्ययोजना सार्वजनिक गरिएको छ । कार्ययोजनामा दुवै छिमेकी मुलुकसँग हालैका वर्षमा सम्पन्न गरिएका सन्धिसम्झौता र समझदारीको कार्यान्वयनको व्यवस्था मिलाइने उल्लेख छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *