पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा सडक मर्मतका लागी आज दिनभर बन्द

190
पाल्पा /सिद्धबाबा सडक बन्द

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा सडक मर्मतका लागी आज बिहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म बन्द गरीएको छ ।

४ बजे पछि सवारी साधन चल्ने

तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स नजिकै सिद्धबाबा क्षेत्रमा पहिरोको कारण बाटो पटक पटक  अवरोध भएकोले  मर्मत तथा निर्माण कार्य को लागी सडक बन्द गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

अपरान्ह ४ बजे पछि भने बाटो पूर्णरुपमा सुचारु हुने सडक डिभिजन कार्यालय पाल्पाका ईन्जिनिएर पवित्रमणी आचार्यले जानकारी दिनुभयो ।।