प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत हिजोको खेलमा त्रिभुवन आर्मी क्लब विजयी

932
एकदिवशीय क्रिकेट

प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत हिजोको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले प्रदेश नम्बर २ लाइ डकवर्थ लुइस नियम अनुसार ५५ रनले पराजित गर्यो । पहिलो ब्याटिङ गरेको आर्मीले ४९ ओभर ३ बल खेल्दै २ सय ४४ रन बनाएको थियो । आर्मीका लागी राजु रिजालले सर्वाधिक ५० रन र सोमपाल कामीले ४१ रनको योगदान गरे । प्रदेश नम्बर २ का लागी देभान्सु मलिकले ३, समसाद शेख, रशिद खान र महबुव आलमले समान २/२ विकेट लिए ।

प्रदेश नम्बर दुई ५५ रनले पराजित

वर्षाका कारण जीतको लागि छोट्याइएको ४० ओभरमा २ सय ३८ रनको लक्ष पछ्याएको प्रदेश नम्बर २ ले ९ विकेटको क्षतिमा १ सय ८२ रन मात्र बनाउन सक्यो । प्रदेश नम्बर २ को लागी रसिद खान र हरिशंकर साहले समान ३४ रनको योगदान गरेका थिए ।।