प्रधानमन्त्री कप क्रिकेटको हिजोको खेलमा प्रदेश नम्बर ४ विजयी

311
cup

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा प्रदेश नम्बर ४ विजयी भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाइ १ सय २९ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

टस जिति पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर ४ ले निर्धारित ५० ओभर खेली ७ विकेटको क्षतिमा ३ सय १० रन बनाएको थियो । प्रदेश नम्बर ४ को लागी हरी चौहानले शतकिय योगदान गर्दा सुमन घिमिरेले ८३ रनको योगदान गरे । ३ सय ११ रनको लक्ष सहित ब्याटिङ गरेको प्रदेश नम्बर १ ३५ ओभरमा १ सय ३१ रनमै समेटियो ।

प्रदेश नम्बर ५ र ७ वीचको खेल वर्षाका कारण रद्द

प्रदेश नम्बर १ को लागी शन्दिप ढुङ्गानाले सर्वाधिक ७१ रन बनाएका थिए । प्रदेश नम्बर १ लाइ सस्तैमा समेट्न प्लेयर अफ दि म्याच घोषित भएका हरी चौहानले ४ विकेट पनि लिएका थिए । यसैबीच हिजै काठमाडौको मुलपानीमा प्रदेश नम्बर ५ र प्रदेश नम्बर ७ वीच हुने भनिएको खेल वर्षाका कारण रद्द भएपछी दुबै टिमले १/१ अंक बाडेका छन ।।