प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफलाइ

651
प्रम कप क्रिकेट

सशस्त्र प्रहरी बल एपिएफले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मि क्लब लाइ ६ विकेटले पराजित गरी उपाधी जितेको हो । विजेता एपिएफले २० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने उप विजेता आर्मीले १० लाख रुपैया प्राप्त गर्यो ।

 त्रिभुवन आर्मी क्लब ६ विकेटले पराजित

खेलमा  टस जिती पहिलो ब्याटिङ गरेको आर्मिले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । २ सय १० रनको लक्ष सहित ब्याटिङ गरेको एपिएफले ४१ ओभर २ बल खेली ४ विकेटको क्षतीमा सो लक्ष भेट्टायो ।।