ओली सरकारले प्रारम्भिक बाल विकासलाई उच्च प्राथमिकता

451
प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक बाल विकासलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । काठमाण्डौमा आयोजित एशिया प्रशान्त क्षेत्रीय प्रारम्भिक बाल विकास सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । विद्‍यालय जाने उमेर भएका तर भर्ना हुन नसकेका ६० हजार बालकालिकालाइ पठन-पाठनको व्यवस्था मिलाउन दोस्रो चरणको भर्ना अभियान सुरु गरिएको र वाल मैत्री विद्यालय भवनहरु निर्माणमा जोड दिएको पनि प्रधानमन्त्रीले बताउनु भयो ।

शिक्षा विज्ञात तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पूर्व प्राथमिक तहको व्यवस्था भएपछि भर्ना अभियान सफल हुँदै गएको बताउनु भयो ।

तीन दिने सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका ४० देशका बाल विशेषज्ञ, शिक्षा क्षेत्रका नीति निर्माता र पोषण विज्ञहरुको सहभागिता छ ।।