Saturday, August 19

रक्षा र गृहमन्त्री लगायत सुरक्षा निकायका प्रमुखहरुको आपतकालीन बैठक/ उद्धार तथा राहतलाइ तदारुकताका साथ संचालन गर्न प्रधानमन्त्रीको निर्देशन ।

प्रधानमन्त्री/निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिनुभएको छ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बोलाएर ढुवानमा परेका क्षेत्रमा तत्काल उद्दार कार्य तदारुकताका साथ अघि बढाउन निर्देशन दिनुभएको हो ।।

प्रम/बालुवाटार बैठक

यसैबीच देशभरी बाढी र पहिरोबाट भएको जनधनको क्षति र प्राकृतिक प्रकोपबारे समीक्षा गर्न हिजो प्रधानमन्त्री निवास बालुवाटारमा आपतकालीन बैठक बस्यो । बैठकमा गृहमन्त्री जनार्दन शर्मा र रक्षामन्त्री भीमसेनदास प्रधान लगायत चारवटै सुरक्षा निकायका प्रमुखहरुले बाढी पहिरोबाट भएको धनजनको क्षति र उद्धार राहतका बारेमा प्रधानमन्त्रीलाइ जानकारी गरायो । देशभर भएको अबिरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको र उद्धार तथा राहतका लागि राज्यको तर्फबाट दिनभरी भरमग्दुर प्रयास भएको जानकारी प्रधानमन्त्रीलाइ गराइएको थियो ।

बाढी पहिरोका कारण जनधनको क्षति भएको अवस्थामा तत्काल राहत तथा उद्धार टोली परिचालन गर्न सुरक्षा निकायका सबै अंग एकीकृत रुपमा परिचालन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *