प्रधानमन्‍त्री कप क्रिकेट प्रतियोगिता उद्‍घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ र प्रदेश ७ बिजयी

102
cricket

प्रधानमन्त्री कप/राष्ट्रिय क्रिकेट

प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र प्रदेश नम्बर ७ ले विजयी सुरुआत गरेका छन् । हिजो कीर्तिपुर क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा एपीएफले प्रदेश ४ लाई ५ विकेटले हराउँदा प्रदेश ७ ले कर्णाली प्रदेशलाई ४८ रनले हराएका हुन् ।

प्रदेश ४ पोखराले दिएको २४० रनको लक्ष्य एपीएफले ३६.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । यसैगरी हिजै काठमाडौको मुलापानीस्थित क्रिकेट मैदानमा भएको अर्को खेलमा प्रदेश नम्बर सातले कर्णाली प्रदेशलाई ४८ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको प्रदेश ७ ले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।

१२६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २२.२ ओभर खेल्दा ७७ रनमा अलआउट भयो । पहिलो पटक संघीय संरचनाअनुसार आयोजना भएको प्रतियोगितामा सात प्रदेश र तीन बिभागीय टोलीको सहभागिता छ ।।