Thursday, August 17

प्रधानसेनापति क्षेत्री अमेरिका

प्रधानसेनापति राजेन्द्र क्षत्री संयुक्त अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्डअन्तर्गतका कमान्डिङ जनरल रवर्ट बी ब्राउनको निमन्त्रणामा अमेरिकाको चारदिने औपचारिक भ्रमणमाहिजो प्रस्थान गर्नुभयो  । भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीद्वारा अमेरिकामा रहँदा जनरल ब्राउन र मेजर जनरल क्रिस्टोफर क्याभोलीसंग भोलि भेटवार्ता गर्नु हुनेछ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति क्षत्रीलेअमेरिकी सेनाका विभिन्न एकाइद्वारा प्रस्तुत हुने व्रिफिङ तथा सैनिक कला प्रदर्शनीको समेत अवलोकन गर्नु हुनेछ । अमेरिका भ्रमणको क्रममा प्रधानसेनापति क्षेत्रीले प्रशान्त क्षेत्रको वायुसेनाका प्रमुख, विशेष परिचालन प्रमुखलगायतका उच्च सैनिक अधिकारीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । प्रधान सेनापति क्षत्री यही जेठ १२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *