Saturday, August 19

विमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठक काठमाडौमा सुरु /दक्षिण र दक्षिणपूर्वी एशियाको मुख्य समस्या गरिवीसँग लड्न सामूहिक प्रयासमा प्रधानमन्त्रीको जोड ।

प्रम/विमस्टेक उद्घाटन

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सदस्य राष्ट्रका मन्त्रीस्तरीय बैठक काठमाडौमा शुरु भएको छ । बैठकको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले यस क्षेत्रकै साझा र प्रमुख चुनौतीको रुपमा रहेको गरिवी निवारणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभयो । प्राकृतिक विविधता, स्रोत र साधनको प्रचुर सम्भावना रहेको बिमस्टेक क्षेत्रका राष्ट्रहरुले आफ्ना विविधताहरुको सामुहिक प्रयोगबाटै क्षेत्रीय विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । व्यापार, लगानी, भ्रष्टाचार निवारण र सूचना प्रविधिको प्रयोगबाटै आर्थिक विकास र त्यसबाटै क्षेत्रीय शान्ती सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा आमन्त्रीत सदस्य मुलुकका परराष्ट्र मन्त्रीहरुलाई स्वागत गर्नुहुदै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले यातायात सञ्जाल र उर्जाको विकास विना आर्थीक विकास सम्भव नभएकोले बिमस्टेकले त्यसतर्फ प्राथमिकता निर्धारण गरी काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बिमस्टेकका महासचिव सुमित नाकानाडाले वर्तमान विश्वमा एक्लैको प्रयासले कुनैपनि मुलुकले विकास गर्न नसक्ने भन्दै सामूहिक प्रयास र सहकार्य महत्वपूर्ण भएको बताउनुभयो । 

कार्यक्रममा परराष्ट्र सचिव शंकरदास वैरागीले सम्मेलनको आयोजनाले नेपालको क्षेत्रीय विकास र सहकार्यको प्रतिवद्धतालाइ प्रष्ट्याएको स्पष्ट पार्नुभयो ।

सम्मेलनमा आज बिमस्टेक सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुका बीच क्षेत्रीय विकासका विविध पक्षमा छलफल हुने बताईएको छ । सम्मेलनमा सदस्य मुलुकका परराष्ट्र मन्त्रीहरुबीच बिमस्टेकले पहिचान गरेका व्यापार, लगानी, ऊर्जा, प्रतिआतंकवाद, गरिबी निवारण, लगायतका १४ क्षेत्रमा विचारविमर्श गरी सामुहिक रुपमा अघी बढ्ने विषयमा छलफल हुनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *