Saturday, August 19

प्रतिनिधिसभा निर्वाचनको मिति छिट्टै तोक्ने सरकारको तयारी/भदौ १ गते मिति तोक्ने गरी प्रधानमन्त्रीसँग छलफल भएको प्रमुख निर्वाचन आयुक्तको भनाइ ।

प्रम/निर्वाचन पदाधिकारी

निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मिति आगामी भदौ १ गते भित्रै घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवसहितको टोलीले हिजो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटेर उहाँलाई सो सुझाव दिनुभएको हो । भेटमा उहाँहरुबीच आगामी निर्वाचनको मिति तोक्ने विषयमा केन्द्रित रहेर छलफल भएको डाक्टर यादवले जानकारी दिनुभयो ।

निर्वाचनका लागि आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनका विषयमा पनि आयोगको टोलीले प्रधानमन्त्रीसँग छलफल गर्नुभएको थियो । निर्वाचनलाई स्वतन्त्र र भयरहित तुल्याउने सन्दर्भमा विद्युतीय मतपत्रको प्रयोग र आवश्यकता सम्बन्धमा आयोगका तर्फबाट प्रधानमन्त्रीलाई अवगत गराएको प्रमुख निर्वाचन आयुक्त डाक्टर यादवले बताउनुभयो ।

नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी माघ ७ गते भित्रै गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । आयोगले प्रदेशसभाको निर्वाचन असोज ३० र प्रतिनिधिसभाको निर्वाचन मंसिरको पहिलो साता गर्न उपयुक्त हुने सुझाव यसअघि सरकारलाई दिइसकेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *